क्रीकेटर” सोमपाल कामि “ले घिमिरे बाहुनकि छोरी बिहे गरेपछी समाजिक संजालमा भाइरल

माघ १६ काठमाडौँ । क्रिकेटर सोमपाल कामीले चार वर्षअघि प्रतिभा घिमिरेलाई प्रेम प्रस्ताव राखेका थिए । प्रतिभाले जवाफ दिन झन्डै दुई साता लगाइन्। सन् २०१६ मार्च महिनाका ती दुई साता सोमपालको निम्ति दुई जुनी बराबर भयो। त्यसपछि प्रतिभाले जे जवाफ दिइन्, त्यसले यो जोडीलाई जुनी-जुनीको निम्ति एकअर्कासँग बाँधेको छ।

यो खबर सीताराम कोइराला र निशा भण्डारीले सेतोपाटीमा लेखेका छन् । दुई साताको पर्खाइपछि जब प्रतिभाले प्रेम प्रस्ताव स्वीकार गरिन् । सोमपाललाई ‘जिन्दगीकै सबभन्दा ठूलो म्याच जितेजस्तो’ खुसी भयो। त्यही खुसी बिहीबार दोब्बर हुँदैछ, जब उनीहरू चार वर्षको प्रेम सम्बन्धलाई विवाहले अझ कसिलो पार्दैछन्।

राम्रो साथीलाई जीवनसंगिनी बनाउन पाउँदा बढी नै खुसी लाग्ने रहेछ,’ विवाहको पूर्वसन्ध्यामा सेतोपाटीसँग आफ्नो खुसी साट्दै सोमपालले भने। प्रतिभा पनि आफूले माया गरेको मान्छेसँग सम्बन्ध गासिँदा घरि हर्षित र घरि भावुक हुन्थिन्। सोमपालकै जस्तो भावमा उनले भनिन् ।

हाम्रो प्रेम विवाहमा परिणत हुँदैछ। निकै रमाइलो लागिरहेको छ।’ सोमपाल र प्रतिभाको भेट पाँच वर्षअघि भएको थियो।

Loading...
प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १३:१८