स्कुल बसले ठक्कर दिँदा १८ महिने बालिकाको मृ*त्यु

तुलसीपुर – दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृ*त्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृ*त्यु भएको छ ।

गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करीब ४ः०० बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो । चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

Loading...
प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार १६:४४