कार्यालयमै कु’टिए नेकपाका वडाअध्यक्ष

बैतडी, १८ माघ । बैतडीमा एक जना नेकपाका स्थानिय नेता माथि कु ट पि ट भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा न। १० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कु ट पि ट भएको हो । उनलाई शुक्रबार दिउँसो वडा नं १० को कार्यालयकै प्रांगणमा नै आ क्र मण भएको थियो । स्थानीय त्रिलोक विष्टले कु ट पि ट गरेको पी डित लाबडले बताएका छन् । लावडको दुवै हातमा चोट लागेको छ ।

पी डित लावडले आफुलाई किन आ क्र मण भएको हो भन्ने कुरा समेत थाहा नभएको बताएका छन् । म दि रा सेवन गरेर ममाथि कु ट पि ट गर्‍यो । तँ ‘डुम’भनेर मलाई हा त पा त गर्‍यो । वडाका कर्मचारीहरु पनि केही बोलेनन्’ उनले भने ।

पी डित लावडको जिल्ला अस्पतालमा उपचार गरिएको छ । लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले बताएका छन् ।

कु ट पि ट गर्ने विष्टलाई प्रहरीले शुक्रबार साँझ नै नि य न्त्र णमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिएका छन् । घ ट नाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार १०:४०