२६ बर्ष सेवा गरेको अस्पताल छोड्नु अनि आफ्नै घर नहुनुको पिडामा डा.केसी यसरी भकानिएर रोए

काठमाडौँ / चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज डडेल्धुरा पुगेका छन् । सरकारले आफुसँग गरेका माग पूरा नगरेको भन्दै १७ औँ अनशन बस्न डा. केसी डडेल्धुरा पुगेका हुन् । डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले डा. केसी डडेल्धुरा आएको बताए । डा. केसीले कहाँ अ’न’श’न थाल्ने भन्ने निश्चित भैसकेको भने छैन ।

डा केसीले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न समेत माग गरेका छन् । २०७५ साउन १० गते सरकारले डा. केसीको १५ औँ अ’नशन तो’डाउँदा डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै काम नभएकाले अनशन बस्न डा. केसी डडेल्धुरा नै पुगेका हुन् ।

कस्तो संयोग ! २६ वर्षे सेवा अवधिको अन्तिम दिन उनको जन्मदिन परेको रहेछ । ६३ पूरा गरेर ६४ वर्ष लागेको दिन अस्पतालबाट विदा लिन लागेका डा. केसीलाई सधैं नमस्कार भनेर सम्बोधन गर्ने सहकर्मी कर्मचारीहरुले ‘ह्याप्पी बर्थ डे डाक्टर साब !’ भनिरहेका थिए। उनी पनि मुस्कुराउँदै ‘धन्यवाद’ फर्काइरहेका थिए ।

उनै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसंग केहि समय अघि इमेज खबरले गरेको कुराकानीमा अस्पताल छोड्नु अनि आफ्नु घर नहुनुको पिडामा डा.केसी यसरी भकानिएर रोएका थिए हेर्नुहोस भिडियो

Loading...
प्रकाशित मिति १८ माघ २०७६, शनिबार १४:११