ब्रोइलर कुखुराको मासु किलोको चार सय रुपैयाँ पुग्यो !

काठमाण्डौ – काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु चार सय रुपैयाँ किलो पुगेको छ । जुन मूल्य अहिले सम्मकै धेरै मूल्य हो । एक हप्ता लामो चल्ला ‘होलिडेु अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि  ब्रोइलर कुखुराको मासु अहिलृ सम्मकै महंगो भएको हो ।

गएको मङ्सिरको अन्तिम हप्ता तयारी मासु नै किलोको दुई सय ६० रुपैयाँमा झरेपछि ब्रोइलर कुखुराका चल्ला उत्पादकले चल्ला र अण्डा नष्ट गरेका थिए । अहिले तराईका जिल्लामै जिउँदो ब्रोईलर कुखुरा किलोको दुई सय ४० र काठमाण्डौ उपत्यकामा किलोको दुई सय ७० तोकिएको व्यवसायीले बताएका छन् ।

शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको दुई सय ७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन् ।

Loading...
प्रकाशित मिति १९ माघ २०७६, आईतवार १७:०६