कोरोना भाई रसले चीनमा नेपालीहरुको रुवा बासी LIVE हेर्नुस..हामीलाई नेपाल लैजानुस भन्दै (भिडियो हेर्नुस)

कोरोना भाइरस फैलिएको चीनको हुबेइ प्रान्तबाट १८० जना नेपाली विद्यार्थीहरूले नेपाल फर्किनका लागि आवेदन दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासले शनिबार एउटा सूचना प्रेषित गर्दै विद्यार्थीहरूलाई आइतबार बिहान ९ बजेसम्ममा फारम भर्न सूचित गरेको थियो। दूतावासले दिएको जानकारी अनुसार कोरोनाको उद्गमथलो वुहान सहित हुबेइ प्रान्तका अन्य सहरमा रहेका विद्यार्थीहरूले फर्किने इच्छा देखाएका हुन हुबेइ प्रान्तमा कूल १ सय ८८ जना नेपाली रहेको दूतावासले जनाएको छ। कामदारको पासपोर्ट रोजगारदाताको मातहत हुने भएकाले त्यहाँ काम गरिरहेका कुनै पनि कामदारले फारम भरेका छैनन्।

दूतावासका नियोग उपप्रमुख सुशील लम्सालका अनुसार नेपालबाट नेपाल एयरलाईन्स चीनमा पठाइएपछि फारम भर्ने विद्यार्थीहरूको विमानस्थलमै स्वास्थ्य जाँच गरिने बताए। उनले भने,‘स्वास्थ्य परीक्षणको नतीजा अनुसार विद्यार्थीहरूलाईनेपाल लैजाने कि चीनमै उपचार गर्नेबारे निर्णय हुनेछ।

Loading...
प्रकाशित मिति २० माघ २०७६, सोमबार १०:१६