चीनबाट ल्याएपछि नेपाली विद्यार्थीलाई १४ दिन निगरानीमै राखिने

काठमाडौँ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ। प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलवार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निमोनिया गराउने नोबेल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ। उक्त घोषणापछि सबभन्दा जोरिहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।

यो पनि आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ५९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ४८ पैसा छ।

Loading...
प्रकाशित मिति २१ माघ २०७६, मंगलवार ०२:४१