मदन भण्डारीकी छोरी उषाले पाइन् प्रधानमन्त्री ओलीबाट यति ठुलो जिम्मेवारी ! हेर्नुहोस

काठमाडाैं । प्रधानमनत्री केपीशर्मा ओलीले राजनीतिमा सक्रिय नै नरहेकी राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन गरेका छन । राजनीतिशास्त्रकी विद्यार्थी उषाकिरण यसअघि तत्कालिन एमाले सम्बद्ध महिला संघको विदेश विभागमा रहेर काम गरे पनि पूर्ण रुपमा राजनीतिमा थिइनन् ।विद्या भण्डारी राष्ट्रपति भएपछि उनी मदन भण्डारी फाउण्डेशनको अध्यक्ष छिन् ।

पार्टीको भगिनी संगठनको केन्द्रीय समितिमा प्रतिनिधित्वसँगै नेकपामा मदन भण्डारी तथा विद्या भण्डारीको उत्तराधिकारीको औपचारिक प्रवेश भएको छ । उषाकिरणलाई अखिल नेपाल महिला संघमार्फत पार्टीको केन्द्रीय राजनीतिमा स्थापित गर्न खोजिएको नेकपा स्रोतले जनाएको छ । भण्डारीले पनि मंगलबार सपथग्रहण गरेकी छन् । मदन भण्डारीको परिवारबाट राजनीतिमा स्थापित हुन लागेकी उषाकिरण पहिलो सदस्य हुन् ।

उनकी काकी उर्लाबारी नगरपालिका मोरङको उपमेयर छिन् भने मदन भण्डारीका भाइ प्रेम भण्डारी २ दशकअघि एमाले हुँदै मालेको राजनीतिमा लागे पनि पछिल्लो समय उनी सक्रिय राजनीतिमा छैनन् । राष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरणलाई अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा चयन गरेसँगै नेकपाभित्र खैलाबैला सुरू भएकाे छ । पार्टीनिकट संगठनका केहि महिला नेतृहरूले असन्टुष्टी समेत जनाएकाे एक नेताले बताए ।

केहिले भने उषाकिरणले सक्रिय राजनीतिमा आउन चाहेपछि स्थान दिइएकाे भन्दै समर्थन पनि गरेका छन् । नेकपाले गोमा देवकोटा इन्चार्ज र अमृता थापा संयोजक रहेको ४७५ सदस्यीय अखिल नेपाल महिला संघको केन्द्रीय समितिमा पूर्वएमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माओवादी पक्षबाट ४५ प्रतिशत प्रतिनिधित्व रहेको बताइएकाे छ ।

पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघको केन्द्रीय समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले नेकपाका महिलाहरुलाई समावेशीता होइन समानताको मुद्दा उठाउन आग्रह गरेका छन् । उनले महिलाका सबै माग पार्टीभित्रैबाट पूरा हुने बताए । ओलीले भने, ‘३३ प्रतिशत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ । हामीले ३३ प्रतिशत समावेशी प्रतिधित्वको कुरा होइन समानताको कुरा गरेका छौं । कम्तीमा ५० प्रतिशत महिला नेतृत्वको कुरा गर्नुस् ।

तपाईहरुले समावेशी होइन समानताको मुद्दा उठाउनुस् सम्भव छ । प्रधानमन्त्री ओलीले महिलालाई राष्ट्रपति र सभामुख बनाउने नेकपा एउटामात्रै पार्टी भएको भन्दै महिलाको समतामूलक प्रतिनिधित्व पार्टीले गराइरहेको बताए । महासचिव विष्णु पौडेलले ४७५ सदस्यीय महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई सपथग्रहण गराएका थिए । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले नरोक्ने बताएका छन् ।

शपथ ग्रहण समारोहमा ओलीले सरकारले विकास निर्माणलाई गति दिएकाले अर्को निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताए।सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमले असर नपर्ने प्रधानमन्त्रीले उल्लेख गरे। म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ,’ उनले भने।

Loading...
प्रकाशित मिति २२ माघ २०७६, बुधबार १४:१९