विष्णु पौडेलका छोरालाई दोषी नदेख्ने अख्तियारको निर्णय हास्यास्पद : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले अख्तियारको निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वासनीयता प्रश्न गर्ने पर्याप्त आधार दिएको बताएका छन् । बिहीबार साँझ ट्विट गर्दै नेता थापाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण जोडिएका पूर्वप्रधानमन्त्री र नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई उन्मुक्ति पाउनुले प्रश्न उठाएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन संलग्नता रहेको भन्दै १ सय ७५ विरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ। जसमा काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्धसमेत मुद्दा दायर भएको छ । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू डा बाबुराम भट्टराई र माधवकुमार नेपाललाई भने अख्तियारले मुद्दा दायर गरेको छैन। काँग्रेस नेताहरुले नेपाल, भट्टराई र नवीन पौडेलको उन्मुक्तिको विषयमा अख्तियारको नियतमा प्रश्न उठाएका छन्।

Loading...
प्रकाशित मिति २३ माघ २०७६, बिहीबार १६:४५