चीनमा रहेका नेपाली विद्यार्थीको याचना हामीलाई कोरोनाको संक्र मण छैन, उद्दार गरियोस (भिडियोसहित)

काठमाडौं- कोरोना भाइ रसको प्रकोप फैलिरहेको चीनमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई जतिसक्दो चाँडो घर फर्काउन अपिल गरेका छन् । चीनकाे बुहानमा रहेको मिन्जु युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले उद्दारका लागि सामुहिक आग्रह गरेका हुन् । उनीहरुले सामूहिक भिडियो सन्देश जारी गर्दै उद्दारका लागि नेपाल सरकारसमक्ष यस्ताे अपिल गरेका हुन् ।

आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा बसिरहेको भन्दै उनीहरुले खानपिउन पनि समस्या भएको बताएका छन् । हाम्रा बाबु-आमा, घरपरिवार पनि निकै चिन्तित भएका छन्,उनीहरुले भनेका छन् । ‘हामी पनि खानपिनको समस्याले निकै तनावमा छौं जतिसक्दो चाँडो उद्दार गरियोस् ।

उनीहरुले आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा स्वस्थ रहेका बताएका छन् । उनहरुले आफूहरुलाई कोरोना भाइ रसको संक्र मण नभएको भन्दै यथासक्य चाँडो उद्धारको माग गरेका छन् । उनीहरुले भनेका छन्, ढुक्क हुनुस् हामी तपाईहरुलाई रोग सार्दैनौं। सरकारले १ सय ८० जना विद्यार्थीलाई नेपाल फर्काउने भनेपनि अहिलेसम्म उद्दार गरेको छैन । भिडियो हेर्न या किल्क गर्नुहोस

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १८:३०