रिडी महायज्ञमा सङ्कलित एक करोड रुपैयाँ बोकेर ‘महाराज’ फ रार

गुल्मी । केही महिनाअघि गुल्मीको रिडीमा ‘बाल योगेश्वर महाराजका’ नामले महायज्ञ लगाएका गुल्मी वस्तुका विजय भण्डारीले उक्त महायज्ञमा सङ्कलन भएको एक करोड नगद आफैले बोकेर गएको खुलासा भएको छ । यतिमात्र होइन, पेट्रोलियम पदार्थ र खाना, किराना सामाग्री लगायतको उधारो रकमसमेत नितिरेको पाइएको छ ।

भदौ २८ गतेदेखि असोज ११ गतेसम्म रुरु धार्मिक क्षेत्रको प्रचारप्रसार, भौतिक विकासको प्रलोभन देखाउँदै भण्डारीले महायज्ञ लगाएका थिए । उनको ठ गी धन्दाविरुद्ध रातोपाटीले महायज्ञ उद्घाटनकै अघिल्लो दिन समाचार सम्प्रेषण गरेको थियो । त्यसलगत्तै प्रहरीले पक्राउको तयारी गरे पनि भण्डारीले सर्वोच्चबाट जिल्ला अदालत गुल्मीमा पत्र पठाउन लगाई पक्राउ हुनबाट जोगिएका थिए ।

उक्त महायज्ञमा ‘महाराज’लाई सहयोग पु¥याउने मध्येका एक हुन् रुरु क्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विक । स्थानीय समाजसेवी गुरुप्रसाद ज्ञवाली पनि उनका सहयोगी थिए । यीसहित धेरैले उतिबेला ठ ग ‘महाराज’ विरुद्धको समाचारलाई ‘झु टो’भनेका थिए ।

उनै मध्येका धेरैले यतिबेला बल्ल ‘महाराज’को कर्तुत बुझ्दै जान थालिएको बताए । नाम नबताउने सर्तमा रिडीका एक अगुवा समाजसेवीले भने, ‘मैले उतिबेलै रातोपाटीको उक्त समाचारका पक्षमा ताली बजाएको हुँ । तर स्थानीय भएकोले असहयोग नगरौँ भनेर चुप लाग्न बाध्य भएको थिएँ ।

वडाध्यक्ष विकले रुरु क्षेत्रको प्रचारप्रसार होला र केहि भौतिक विकास पनि गर्न सकिएला भनेर महायज्ञ गर्न चाहेको तर अहिले उल्टै ‘महाराज’बाट ठगिनु परेको बताए ।

अहिलेसम्म रिडीका विभिन्न व्यवसायीहरुको १८ लाख रुपैयाँ महाराजले नतिरी गएको वडाध्यक्ष विकले बताए । ‘रुरु धाममा एसियाकै ठूलो शङ्ख बनाइदिने, रुरु कन्याले मृगको दुधपान गरेको ठूलो आकारको प्रतिमुर्ति बनाइदिने वा ४ सयदेखि ५ सय किलोसम्मको विशाल घण्टा बनाइदिने सहमतिमा महायज्ञ गरिएको थियो,विकले भने,अन्तिममा सवा २ करोड खर्च भयो भनेर जिन्सी र नगदसहित एक करोड रुपैयाँ महाराजले आफै लगेर गएका हुन् ।

महायज्ञका क्रममा ठग ‘महाराज’ले रिडीका किशोर श्रेष्ठको नयना इन्टरप्राईजेजबाट ६ लाख १० हजारको पेट्रोलिय पदार्थ उधारोमा लिएका थिए । पैसा पछि पठाउँछु’भन्दै हिँडेका भण्डारीले खातामा पैसा नभएको चेक दिए । फेरि अर्को भाका राखे माघ २२ गतेका लागि । अहिलेसम्म पनि उक्त रकम पाउन नसकेको श्रेष्ठले बताए ।

Loading...
प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार १८:४२