कुबेतको अस्पतालबाट क्यान्सर पिडित नेपाली चेलीले रुँदै बिलौना गर्दै भनिन् मलाई बचाइदिनुहोस

काठमाडौँ-कुबेतबाट क्यान्सर पिडित एक नेपालीले आफुलाई बचाइदिन आग्रह गरेकी छन् ।बिगत ६ महिना देखि कुबेतमा रक्त क्यान्सरबाट थलिएकी प्रीति गुरुङले अस्पताल शैयाबाट आफूलाई बचाउन गर्न आग्रह गरेकी हुन्।
उनी दुई वर्ष अघि बैदेशिक रोजगारीको शिलशिलामा कुबेत पुगेकी थिइन् ।

गोरखा आरुघाटकी गुरुङ रक्त क्यान्सर भएपछि कुवेतको अस्पतालमा जीवनसग सघर्ष गर्दै आएकी छिन्।गत सेप्टेम्बरमा एपेन्डिसाइड भएर कुवेतको फर्वानिया अस्पताल पुगेकी प्रीति एपेन्डिसाइडको अप्रेशन पछि उनलाई रक्त क्यान्सर पनि भएको डक्टरहरूले बताएका थिए।

उनले रुदै भनेकी छन् यहा मेरो कोही छैन् डाक्टरले आवस्यकताअनुसार वंशज आफ्नो आमा, बुबा, दाजुभाई, दिदिबहिनीको रगत दिनुपर्ने भनेको छ । लाई यस्तो हुदासम्म सहयोग गर्ने कोही छैन्। मलाई नेपाल पठाईदिनुस मेरो परिवार आमाको माया अनि हेरचाहमा मलाई चाडो निको हुन्थो। मलाई नेपाल चाडो पठाईदिनुस्।

Loading...
प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०२:५०