कोरोना प्रभावित देशलाई अमेरिकाले १० करोड डलर दिने

वासिङ्टन : कोरोना भाइ रसको सामना गरिरहेका चीन र अन्य मुलुकलाई अमेरिकाले १० करोड डलरसम्मको आर्थिक सहायता गर्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले यस्तो बताएका हुन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले अमेरिकी प्रतिवद्धतासँग सहकार्य गर्न पनि थप मुलुकलाई आग्रह गरेका छन् ।

बारम्बार चीनको आलोचना गरिरहने पोम्प्योले यस पटक चीनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्न तयार रहेको बताएका हुन् । अमेरिकाले चीनलाई प्रत्यक्ष तथा वहुपक्षीय संस्थाहरु मार्फत पनि सहायता गर्नसक्ने पोम्प्योले जनाए । यसअघि पोम्प्योले मानवअधिकार लगायत विषयमा चीनको कडा आलोचना गर्ने गर्थे ।

अमेरिकाले यसअघि नै १७ दशमलब ८ टन मास्क, गज, गाउन लगायत मेडिकल सामग्री चीनलाई सहयोग गरेको छ । दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइ रसबाट ३१ हजार मानिस संक्र मित छन् । ६ सय ३० जनाको मृ त्यु भइसकेको छ ।

Loading...
प्रकाशित मिति २५ माघ २०७६, शनिबार १४:२१