विवाह गर्ने सोच बनाउदै सुन्दरी नायिका क्याट्रिना कैफ

एजेन्सी-बलिउड अभिनेत्री क्याट्रिना कैफ बलिउडका त्यस्ती अभिनेत्रीमा पर्छिन्, जसले आफूले प्रेम गरेको मान्छे पाउन सकिनन् । पहिले सलमान खानसँगको सम्बन्धले चर्चा पायो ।त्यसपछि उनको जीवनमा रणवीर कपुर आए । सो सम्बन्ध पनि टुट्यो । यसैबीच, क्याट्रिनाले आफ्नो सम्बन्धलाई लिएर ठूलो खुलासा गरेकी छिन् ।

भारतीय मिडियाका अनुसार एक सोमा पुगेकी कट्रिनालेआफ्नो निजी जीवनसँग जोडिएको केही सवालको उत्तर दिएकी छिन् । उनी किन कसैसँग पनि डेट गर्दिनन् भन्ने प्रश्नमा क्याट्रिनाले भनेकी छिन्, यो कुरा म आफैँलाई पनि थाहा छैन,म यो पनि जान्दिनँ कि दोस्रोपटक कसैसँग डेट गर्न पाउँछु कि पाउँदिनँ । उनले अहिलेसम आफू सिंगल नै भएको बताइन् ।

आफूसँगैका हिरोइन लगभग सबैको विवाह भएको सम्बन्धमा उनले भनेकी छिन्मै ले देखिरहेको छु सबैले विवाह गरिरहेका छन्, कृपया मलाई कसैले पनि पछाडि नछोडिदिनू । उनले आफू पनि विवाह गर्ने सोचमा भएको बताइन् ।

Loading...
प्रकाशित मिति २६ माघ २०७६, आईतवार १०:०७