कोरोनाको उपचारमा रातदिन खटिएका नर्सले गराए सामूहिक रुपमा कपाल मुण्डन (भिडियो)

काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइ सका कारण अहिलेसम्म ८१३ जनाले ज्या न गुमाएका छन्। शनिबार मात्रै कोरोना भाइ रसका कारण चीनमा ८९ जनाको ज्या न गएको चिनियाँ अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा संक्र मण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ।

रिर्पोटका अनुसार शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्र मित फेला परेका छन्। तिब्र रुपमा फैलिएको कोरोना भाइ रसको उपचारका डाक्टर तथा नर्सले रातदिन विरामीको सेवा गरिरहेका छन्। आफ्नो स्वास्थ्य खाल नगरी विरामीको सेवामा खटिएका डाक्टर तथा नर्सका दर्द नाक दृष्य सार्वजनिक भइरहेका छन्। केही दिनअघि सास्क खोल्दा डाक्टर तथा नर्सको अनुहारमा घाउ भएको दृष्य बाहिरीएको थियो।

यसै क्रममा डाक्टर तथा नर्सले आफ्नो कामलाई सहज बनाउन आफ्नो कपालनै मुण्डन गराएको भिडियो तथा फोटोहरु सार्वजनिक भएका छन्। चाइना सिन्हा न्यूजका अनुसार २६५ डाक्टर तथा नर्सले आफ्नो कपाल काटेका छन्। भिडियो हेर्न यहाँ किल्क गर्नुहोस

Loading...
प्रकाशित मिति २६ माघ २०७६, आईतवार १४:५३