रंगशाला निर्माणको नेतृत्व लिने कोहि भए जिम्मा दिन तयार छौँ: सुन्तली (भिडियोसहित)

चितवन, माघ २६-कलाकार एंवम सामाजीक अभियान्ता कुञ्जना घिमिरे सुन्तलीले आफुहरु पारदर्सि भएको बताएकीछिन । भरतपुरमा प्रदेश २ र चितवनका पत्रकारहरुसँग छलफल गर्दै सुन्तलीले आफुहरुको सम्पुर्ण गतिविधि पादर्सी हुनेगरेको बताएकी हुन । उनले आफुहरुबाट गल्ती भए कार्वाहि भोग्न तयार रहेको बताइन । आफुहरुलाई विभिन्न समयमा केहि मानिसले अनावश्यक विवादमा तान्न खोज्ने गरेको बताउदै सुन्तलीले गल्ती औल्याइदिन आग्रह गरीन ।

सुन्तलीले रैगशाला निर्माणको निम्मा लिने कोहि आए जिम्मेवारी दिन तयार रहेको बताइन । उनले भनिन ‘हामि त्यतिसम्म लचक छौँ कि धुर्मुस सुन्तलीले अहिलेसम्म जति गरे ठिकै छ, अब म गर्छु भनेर कोहि आउछ भने हामि जिम्मेवारी दिन तयार छौँ ।’ सवैले अपनत्व ग्रहण गर्नुपर्छ ।’उनले केहि व्यक्तीले लुटेरासम्म पनि भन्ने गरेकोमा चित्त दुखेको बताउदै आफुहरु पारदर्सी र सवैको सल्लाह अनुसार अगाडी बढीरहेको बताइन । सवैको साथ सहयोगले नै अहिलेसम्म सामाजीक कार्यमा लागीरहेको बताउदै सुन्तलीले भनिन ‘सवैले दिल खोलेर सहयोग गरौँ रंगशाला निर्माणपछि हामिलाई इतिहासले स्यावासी दिनेछ, सम्झीरहनेछ ।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०२:१८