कमला घिमिरेले रंगशाला पुगेर धुर्मुस सुन्तलीलाई सहयोग गरिन्..

काठमाडौं २६ माघ / चितवनको रामपुरमा निर्माण भइरहेको रंगशालामा कमला घिमिरे पुगेकी छिन। रंगशालामा चलिरहेको धनधान्यान्चल स्थलमै पुगेर कमलले धुर्मुस सुन्तली संग पनि भेटघाट गरेकी छिन। भने दर्शकलाई दोहोरी गितमा झुमाएकी थिईन।त्यस्तै कमला रंगशालामा पुगेको दिन १२ करोड भन्दा धेरै रकम उठेको छ। कमलाले पनि आफ्नो तर्फबाट ५ हजार सहयोग गरेकी छिन।

जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको आम्दानी नेपाली खेलाडी उत्पादन र सामाजिक सेवामा खर्च गरिने भएको छ । प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले खेलाडी उत्पादनमा बचेको रकम खर्च गरिने बताउनुभयो ।

यो पनि पढ्नुुहोस्

चितवन, माघ २६-कलाकार एवंम सामाजीक अभियान्ता सिताराम कट््टेल धुर्मुसले अब कहिल्यै नमाग्ने बताएका छन । भरतपुरमा पत्रकारहरुसँग उनले रंगशाला निर्माण सम्पन्न भएपछि कहिल्यै नमाग्ने बताएका हुन । आफुहरुले देश विदेशमा रहेका नेपालीहरुको सहयोगमा धेरै आयोजनाहरु सम्पन्न गरेको बताउदै धुर्मुसले रंगशालापछि कसैलाई नमाग्ने बताए । उनले भने ‘हिजो पनि सहयोग मागेरै काम गरीयो, रंगशाला पनि जनताकै सहयोगमा निर्माण भईरहेको छ, सँधैभरी मागेर चल्दैन ।

धुर्मुसले रंगशाला निर्माण सम्पन्न भएपछि सामाजीक क्षेत्रमा खर्च गर्नेगरी कोष खडा गरेर अघि बढ््ने योजनामा रहेकाले त्यसपछि माग्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले रंगशाला जनस्तरबाट बन्नेभएकाले यो परियोजना सम्पन्न गर्न भने सवै नेपालीको साथ सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति २७ माघ २०७६, सोमबार ०३:४८