पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको सानेपामा ह त्या

काठमाडौँ — आफ्‍नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ । ललितपुर उपमहानगरपालिका-२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पि र्का प्र हार गरेर कामदारले ह त्या गरेको हुनसक्ने अनुमान देखिएको हो । अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्‍याएको थियो ।

तर, चिकित्सकले केहीबेरअघि मृ त घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ । ‘अहिले मुचुल्का गर्दैछौं’ ललितपुरका डीएसपी सन्तोष तामाङले भने ।

बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चि’च्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।

त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो। ‘प्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टारअस्पताल लगिएको हो,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘उहाँको अवस्था निकै ग म्भीर थियो। यस्तै कामदारको भने निधन भइसकेको अवस्था थियो।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार १०:५४