अन्ततः चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याइने

काठमाडौं । चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याइने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी ‘एयरबस ३३०’ विमान फागुन ३ गते चीन जाने भएको छ ।

सो जहाज आगामी १५ तारिख अर्थात् फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।

कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने लागेको हो ।

Loading...
प्रकाशित मिति २७ माघ २०७६, सोमबार १७:५८