आदित्य र नेहाको बिहे चर्चा टिआरपी बढाउन गरिएको ह ल्लामात्रै !

चर्चित गायक उदितनारायण झाका छोरा आदीत्यनारायण र गायिका नेहा कक्कडको बिहेको चर्चा टेलिभिजन सो इन्डियन आइडलको टीआरपी (टार्गेट रेटिङ पोइन्ट) बढाउन गरिएको हल्लामात्रै भएको उदितले बताएका छन् ।

बलिउड ह‌ंगामाका सुवास के झाले उदितलाई उद्धृत गर्दै यो समाचार लेखेका छन् । पछिल्लो समय इन्डियन आइडलको मञ्चबाट यी दुईको फेब्रुअरी १४ मा बिहे हुने हल्ला फैलिएको थियो। नेहा टेलिभिजन सोकी निर्णायक हुन् भने आदित्य कार्यक्रमका प्रस्तोता।

उदितलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ,मेरो छोरा आदित्य प्रस्तोता रहेको कार्यक्रमको टीआरपी बढाउन नेहासँगको हल्ला चलाइएको जस्तो मलाई लाग्छ। हल्ला सही सावित भए म खुसी नै हुनेछु। आदित्य हाम्रो एउटै छोरो हो। उसले अहिलेसम्म हामीलाई केही भनेको छैन। बिहे नै गर्ने भए त भन्थ्यो होला ।

Loading...
प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १२:५१