भाई टिका लगाउँदै आएका भाईसँग भागीन् अम्बिका

काठमाडौँ । तिहारमा भाई टिका लगाएकी दिदी आफ्ना धर्म भाईसँग भागेकी छिन् । नवलपरासीको बर्दघाटका ऋषिराम उपाध्यायकी पत्नि अम्बिका पंगेनी किशोर आचार्यसँग भागेकी हुन् । लामो समयदेखि कतारमा रहँदै आएका ऋषिलाई किशोर आफ्नो फुपुको छोरा भन्दै अवैध सम्बन्धमा रहेको रहस्य आफ्नो छोरालाई थाहा भएको भए पनि छोरालाई विभिन्न धम्की दिएर अम्बिकाले तनाव दिँदै आएकी छिन् ।

पत्नि अम्बिकाले किशोरसँग विबाह गरेर भागेकी मात्रै होइनन् कतारको ५५ डिग्रीको तापक्रममा अहोरात्र काम गरेका पति ऋषिराम सडकमा नै आएका छन् । उता अम्बिकाले विबाह गरेर भागेका किशोर पनि विबाहित हुन् । आँफु घरमा आउँदा न सम्पत्ती न श्रीमती नै रहेपछि ऋषी रुँदै मिडियामा आएका छन् । ऋषी र उनका नाबालक छोरासँग गरिएको कुराकानी

Loading...
प्रकाशित मिति २९ माघ २०७६, बुधबार १२:०१