कोरोनामाथि जितपछि आयोजनाका काम फेरि सुरु : राजदूत होउ

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइ रसका कारण अहिले चिनियाँहरूले गर्दै आइरहेको कामका आयोजनाहरूमा असर पुगेको उल्लेख गर्दै केही समयपछि उक्त भाइ रस विरुद्धको जितसँगै आयोजनाहरूका काम फेरि सुरु हुने बताएकी छन् ।

चिनियाँहरूले निर्माण गरिरहेको नेपालका आयोजनाहरू केही समयदेखि प्रभावित भएको सार्वजनिक भएपछि राजदूत यान्छीले सञ्चारकर्मीलाई आफ्नो लिखित धारणा पठाउँदै त्यसबारेमा स्पष्ट पारेकी हुन्। धेरै चिनियाँहरू केही समयअघि चीनमा पर्व मनाउन गएको र भाइ रसका कारणले उनीहरू अहिले फर्कन नसकेको पनि उनले बताइन्।

कोरोनाविरुद्ध लडेर अन्त्यमा जब हामी सफलता हासिल गर्छौं। त्यसपछि नेपालका आयोजनाहरूका काम फेरि सुरु हुनेछन्,उनको भनाइ छ। नेपालले मनाइरहेको नेपाल भ्रमण वर्ष–२०२० मा चिनियाँ पर्यटक कम आउँदा समस्या पर्न गएको पनि उनले बताइन्। उनले यो समयमा चीनबाट ओहोरदोहोर नहुँदा नेपाल भाइ रस सं क्रमण हुनबाट जोगिएको पनि उल्लेख गरिन्।

यसले गर्दा अन्य मुलुकका पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने वातावरण बनेको छ, यान्छीको निचोड छ। उनले चीन कोरोना भाइ रसका कारण समस्यामा परेको बेलामा नेपालले सहयोग गरेको पनि बताइन्।

Loading...
प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १६:५२