छोटो पर्दाकै सबैभन्दा महंगी नायिका हुन् करिना कपुर

एजेन्सी- बलिउडकी सुनदरी नायिका करिना कपुर छोटो पर्दाकै सबैभन्दा महंगी नायिका भएकी छन् । करिनाले अहिले टिभी शो ‘डान्स इंडिया डान्स ६’ को जज गरिरहेकी छिन् । उकत जजमा एक एपिसोडको लागि करिनाले ३ करोड लिईरहेको बताइएको छ ।डान्स इंडिया डान्स शोको लागि करीनालाई धेरै रकम अफर भएको थियो ।

करीना इंडियन टेलीभिजनको हाईएस्ट पेड अभिनेत्री हुन्। यधपी करीनाले यो कुरा मान्न अस्वीकार गरेकी छन् ।अहिले यही शोका कारण पनि करिना चर्चामा आएकी छन् । करीना छिट्टै अक्षय कुमारसँग फिल्म ‘गुड न्यूज’ मा काम गर्दैछिन्। त्यसपछि उनी फिल्म ‘अंग्रेजी मिडियम’ मा पनि इरफान खानसँग देखिने छन् ।

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७६, शनिबार १०:१९