चीनबाट फिर्ता ल्याइएकाहरू खुशीले गद्गद् : भन्छन्– ‘स्वागत देखेर भावविह्वल बन्यौं’

कोरोना भाइरस डिजिज – २०१९ अर्थात् ‘कोविड–१९’को संक्रमण फैलिएपछि चीनको हुबेई प्रान्तस्थित वुहान शहर केही सातादेखि पूर्णरूपमा बन्द छ । चीनकै अन्य शहरबाट त्यहाँ जान र त्यहाँका नागरिकलाई अन्यत्र जान समेत प्रतिबन्ध लगाइएको छ । कोरोनाले यो समाचार तयार पार्दासम्म १६ सयभन्दा बढीको ज्यान लिइसकेको छ भने हजारौं प्रभावित छन् ।

कोरोनाको संक्रमण फैलिएपछि नेपाली नागरिकहरू पनि वुहानसहित कोरोनाप्रभावित चिनियाँ शहरमा फसेका थिए । आइतवार बिहान उनीहरूलाई नेपाल ल्याइएको छ । नेपाल ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । फिर्ता ल्याइएकामध्ये अधिकांश चीनमा अध्ययनरत नेपाली विद्यार्थी छन् ।

आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर खरिपाटी पुर्‍याइएका १७५ नेपालीमध्ये एक हुन्, सौरभ लुइँटेल । चिनियाँ राजदूतावासको सहयोगमा सरकारी कोटामा विगत ६ महिनादेखि चीनको वुहानकै ह्वाजोङ् कृषि विश्वविद्यालयमा प्लान्ट प्याथोलोजी (बाली रोग) विषयमा स्नातकोत्तोर अध्ययनरत छन्, सौरभ ।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार ०९:३९