सडकमा भेट्टिएका एक बालकले भने, ‘तपाईँ सन्दीप लामिछाने जस्तै देखिनुहुन्छ

अपरिचत बालकः हे । म सन्दीप लामिछानेलाई मनपराउँछु, र तपाईँ त्यस्तै देखिनुहुन्छ । सन्दीप लामिछानेः के म ? अपरिचत बालकः हो । यदि तपाईले उहाँलाई देख्नुभयो भने चिन्नुहुन्छ ? सन्दीप लामिछानेः …कसले चिन्दैन ? काठमाडौंको दरबारमार्गको बाटोमा एक अपरिचित बालकसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेबीच भएको एक संवाद हो यो । सामाजिक सञ्जालमा सन्दीपले बालकसँगको फोटो राख्दै स्टाटस लेखेका छन् । साथै बालकसँग फोटो खिचाउँदै उनको सम्मान सन्दीपसम्म पुर्याउने बाचा सन्दीपले व्यक्त गरेका छन् ।

काठमाडौंमा हालै सम्पन्न नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज अन्तर्गतको अन्तिम खेलमा अमेरिकालाई ओडिआइमा सबैभन्दा कम ३५ रनमा समेट्ने क्रममा सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि टोलीको घोषणा नेपाल क्रिकेट सङ्घ (क्यान)ले थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् । भुवनको चार वर्षपछि टोलीमा पुनरागमन भएको छ । सन् २०१३ मा पहिलोपटक राष्ट्रिय टोलीमा परेका उनले पछिल्लो पटक सन् २०१७ मा बङ्गलादेशमा भएको इमर्जिङ एशिया कप खेलेका थिए ।

आइसिसी विश्वकप क्रिकेट लिग दुई खेलेका शरद भेषवाकर, सुवास खकुरेल, रोहितकुमार पौडेल र कमलसिंह ऐरी टोलीमा छैनन् । पवन, सन्दीप र किशोरलाई मौका दिइएको छ । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, सिङ्गापुर, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

बार्सिलोनाको संघर्षपूर्ण जीत, रियल मड्रिय शीर्ष स्थानमा कायमै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलका साविक विजेता बार्सिलोनालाई विजयी गराउन एन्टोनियो ग्रिजम्यान र सर्गे रोबर्टोले एक–एक गोल गरे ।

गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग अंक बराबरी गरेको छ । बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिड समान ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

ला–लिगाअन्तर्गत गएराती भएका अन्य खेलहरुमा भियारियालले लेभान्तेलाई २–१ ले हराउँदा ग्रानाडाले रियाल भालाडोलिडमाथि २–१ को तथा मयोर्काले डेपोर्टीभो आलाभेजमाथि १–० को जित निकाले । एजेन्सी

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७६, आईतवार १५:२५