१७ किलोमिटर वरबाटै फर्किए कालापानी पुग्ने भनेका रक्षामन्त्री पोखरेल

दार्चुला– भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली करिब १७ किलोमिटर वरबाटै फर्किएको छ ।

आइतबार दार्चुलाको खलंगा पुगका मन्त्री पोखरेल सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रको निरीक्षणका लागि भनेर निस्किएका थिए । तर, मन्त्री पोखरेल नेतृत्वको टोली छाङ्गरुकै आकाशबाटै फर्किएको छ ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहोरा तथा मानबहादुर धामीसहित १० जनाको टोली प्रतिकूल मौसमको कारण देखाउँदै छाङ्गरुबाट फर्किएको हो ।

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १४:५१