प्रधानमन्‍त्रीको राजीनामा माग्‍दै माइतिघरमा प्रदर्शन (फाेटाे/भिडियाे)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै विवेकशील नेपाली दलले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनमा ‘कमिसन नै ओली सरकारको मिसन, प्रधानमन्त्री राजीनामा देऊ, मन्त्रीज्यू भनेका माफिया पो परेछन्, के हो सरकारको मिसन ? के-के मा छन् कमिसन ?’ लगाएतका पोष्टर बोकेका थिए ।

विवेकशील नेपालीका केन्द्रीय सदस्य शशिविक्रम कार्कीले सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको टेप प्रकरणसँगै धेरै कुरा स्पस्ट भइसकेको बताए । उनले अहिलेको सरकार माफियाको चङ्गुलमा मात्र हैनकी सरकारमा बसेका मन्त्री र प्रधानमन्त्रीनै माफिया गिरीको नेतृत्वमा भएको बताए ।

उनले भने- ‘अब पनि ओली सरकारको राजीनामा माग्न अझ ढिला भयो भने जनताले अझ ठूलो भ्रस्टाचार बेहोर्नु पर्ने भएकाले हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं।’

विवेकशील नेपाली दलले अब आन्दोलन सडक, टोल-टोल गल्ली-गल्लीमा गर्ने र यसका लागि तीन महिनाको कार्यतालिका बनाएको कार्कीले बताए । उनले भने ‘हामी हप्तै पिछे नागरिकमै पुगी उनीहरुलाई नै प्रधानमन्त्रीको राजीनामा माग्न सडकमा उतार्ने छौं । यसका लागि हामी देशैभरीबाट जनता आन्दोलनमा उतार्ने छौं ।

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १४:५२