प्रधानमन्त्री ओलीको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड !

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर निजकै हेलिप्याड निर्माण गरिएको थियो ।

गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सव का लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।

रोचक त के छ भने प्रधानमन्त्री ओलीका जन्मोत्सव का लागि केक बोक्न हेलिकोप्टर चार्टर्ड गरियो । यतिबेला केक बोक्न हेलिकोप्टरको प्रयोग भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जमा प्रधानमन्त्री ओलीको चर्को आलोचन समेत भएको छ ।

Loading...
प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार १७:१२