खुसिको खबर! निको हुन थाले कोरोना बिरामी, एकैचोटी ३२ हजार ४ सय बिरामी निको भएर घर फिर्ता

३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रʼमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किʼएका छन् ।चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किʼएका छन् ।

चिनिय राष्ट्रिय स्वास्थ्य आयोʼगको दैनिक रिपाेर्ट अनुसार हिजाे (बुधबार) मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।हालसम्म कोरोना भाइरसका कारण मृʼत्यु हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेʼको छ ।

७८ हजार ४ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित रहेको बताइएको छ । चीनभन्दा बाहिर पनि ५१ जनाकाे मृʼत्यु भइसकेकाे छ ।चीनसहित २० देशमा यो भाइरसको संकेत देखिएका छन् । चीनपछि धैरै कोरोना भाइरस संक्रमʼण हुने मुलुक दक्षिण कोरिया रहेकाे छ ।

अहिलेसम्म दक्षिण कोरियामा १३ जनाको मृʼत्यु भएको छ भने ८ सय ९३ जनामा संक्रमण भएको पुष्टी भएको छ ।त्यस्तै काेराेना भाइरसबाट इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई-दुई तथा ताइवान र फिलिपिन्समा एक-एक जनाको ज्याʼन गएको छ ।

विश्वमै तीव्र रूपमा याे भाइरस फैलिरहेकाे बेला चीनकै डाक्टरले काेराेना विरुद्धको ‘भ्याक्सिन’ समेत विकास गरिसका छन् । ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याʼक्सिन विकास गरिसकेका छन् ।

Loading...
प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार १६:०३