प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ । मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको हो । नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको बताइएकाे छ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने बताइएको छ ।

काठमाडौं । समीक्षा संग्रौलाको शल्यक्रिया सकिएको छ । शल्यक्रिया गरेर समीक्षाको शरीरबाट देब्रे मिर्गौला निकालिएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा उक्त मिर्गौला प्रत्यारोपण गरिनेछ । चिकित्सकका अनुसार अबको डेढ घण्टासम्ममा प्रधानमन्त्रीको शरीरमा उक्त मृगौला प्रत्यारोपण गरिसकिने छ । मिर्गौला प्रत्यारोपण पूरा भइसकेपछि करिब २ घण्टाको अवधिमा प्रधानमन्त्री ओलीको होस खुल्ने चिकितस्कहरुले बताएका छन् । चिकित्सकहरुले करिब ४ बजेसम्म प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिसकिने बताएका छन् ।

Loading...
प्रकाशित मिति २१ फाल्गुन २०७६, बुधबार १५:१९