कोरोनाको डरः चीनमा चार फिट परैबाट लामो लट्ठीमा कैँची, काइँयो, बाँधेर कपाल काट्दै (भिडियो सहित)

एजेन्सी । चीनमा कोरोनाभाइरसका कारण तीन हजारभन्दा बढी मानिसका मृत्यु भइसकेको अवस्थामा हजामहरू तीनदेखि चार फिट परबाट कपाल काटिरहेका छन् । हेनान प्रान्तको सैलुनमा हजामहरूले मानिसको कपाल तीन वा चार फिटको दुरीबाट काटिरहेका छन् । कपालको साजसज्जा पनि अलिक परैबाट गरिने गरेको छ । हजामहरूले लामो लट्ठीमा कैँची, काइँयो, बुरुस झुन्ड्याएर कपाल मिलाइरहेका छन् ।

सिचुआन प्रान्तको लुझोउमा पनि हजामहरूले यही तरिका उपयोग गरिरहेका छन् । लुझोउका हजाम हे बिङले क्वारेन्टाइन अब लगभग सकिएको र मानिसहरू घरबाहिर निस्कन थालेको बताए । तर सुरक्षाका लागि टाढाबाट कपाल काट्न थालिएको उनको भनाइ छ । तर यसमा मेहनत बढी परिरहेको छ । साना साना कुरामा ध्यान दिनुपरेको छ । अनि हात पनि शक्तिशाली हुनुपर्छ र मात्र त्यति परबाट सामान समातेर कपाल काट्न सकिन्छ ।

चीन सरकारले सार्वजनिक स्थलहरूमा एक अर्कासँग लगभग पाँच फिटको दुरी बनाउनुपर्ने आदेश दिएको छ । भिडियो हेर्नुहोस्

Loading...
प्रकाशित मिति २२ फाल्गुन २०७६, बिहीबार १२:२२