नेपालीलाई कोरोना लाग्यो भन्दै भारतीय मिडियाले गलत समाचार लेखे

दार्चुला, फागुन २२ । चीनको बुहानबाट उत्पन्न भएको संसारकै अहिलेसम्मकै शक्तिशाली मानिएको भाइरस चीन हुँदै विश्वका ८६ वटा मुलुकमा फैलीएको भए पनि अहिलेसम्म नेपालमा भने कोरोना भाइरसको संक्रमण भएको कुनै प्रमाण छैन । यसैबिच भारतीय मिडियाले भने दार्चुलाका एक युवामा कोरोना लक्षण देखिएको भन्ने समाचार प्रकाशित गरेपछि त्रास फैलिएको थियो। हालसम्म दार्चुलामा कोरोना भाइरसको संक्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिएका छन् ।

भारतको ‘न्युज पिथौरागढ टिभी’ नामक अनलाइन मिडियाले त्रास फैलाउने नियतले नै गलत समाचार लेखेको सहायक प्रमुख जिल्ला अधिकारी टेबहादुर कुँवरले ओएस नेपाललाई जानकारी दिए । भारतीय मिडियाले लेखेको उक्त समाचारमा भ्रम फैलाउँदै उक्त टेलिभिजनले संक्रमितलाई काठमाडौं रिफर गरिएको समेत उल्लेख छ । जुन समाचार शब्द शब्दमा गलत भएको जिल्ला अस्पतालका चिकित्सकले जनाएका छन् ।

Loading...
प्रकाशित मिति २२ फाल्गुन २०७६, बिहीबार १६:२४