कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचार भइरहदा भागेर धरान घर पुगेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी यहाँबाट पनि भागेका छन् । प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेकाे बताइएकाे छ । वीपीबाट भागेपछि अस्पतालमा फेरि पनि हलचल मच्चियो ।
उनी भागेको करिब एक घण्टा पछि प्रहरीले फेला पारेर पुनः प्रतिष्ठानमा नै उपचारको लागि ल्याएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभएकाे छ । टेकुबाट भागेर आएपनि त्यहाँ पुगेका उनी आफै उपचार गर्न गएकोले भाग्ने अनुमान थिएन । पेइङ वार्डलाई आइसोलेसन गरेर एउटा मात्र ढोका आउजाउ गर्न खुला गरिएको थियो भने बाहिर सेक्युटिरी गार्ड पनि थिए । उनी मंगलबार मात्र दक्षिण कोरियाबाट नेपाल आएका थिए ।
बुधबार आफै टेकु अस्पताल उचचारको लागि पुगेका उनी त्यहाँबाट भागेर घर धरान पुगेका थिए । ती विरामीलाई कोरोना भन्दा पनि मानसिक समस्या भएको हुनसक्ने बताइएकाे छ । कोरोनाका शंकास्पद विरामीको लागि व्यवस्था गरिएको पेइङ वार्डमा राखेर उनलाई उपचार भइरहेको थियो ।