भैसीलाई लगाउने खोरेतको सुई वडासदस्य जानकीले भैँसीलाई लगाउँदा कञ्चनलाई लागेपछि, हेर्नुहोस् भिडियो

खोरेत रोगको भ्याक्सिन लगाउने क्रममा एक युवतीको हातमा सूई घोपिन पुगेपछि नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी लामिछाने विवादमा तानिएकी छिन् ।सो रोगको भ्याक्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन् । घरमा परिवारका अन्य सदस्य नभएको र कञ्चन रेग्मीको आमाले हुन्छ लगाईदिनु भनेपछी उनले भ्याक्सिन लगाउन सुरु गरिन तर भ्याक्सिन लगाउनेक्रममा वडासदस्य जानकी लामिछाने लड्न पुगिन र युवतीको हातमा सुईले घोचेर चोट लागेको छ ।

पिडित भनीएकी कञ्चन रेग्मीले उक्त दिन दुर्घटनाका कारण आफुलाई सुई लाग्न पुगेको तर दुर्घटना पश्चात वडासदस्य जानकी लामिछानेले केही हुदैन सुईको औषधी भैसीको छालामा गइसकेको र सुईको टुप्पोले कोतारेको मात्र भनी साबुन पानिले हात धोउ केही हुदैन भनी आफुलाई सामान्य प्रथामिक उपचारसम्म नगराएर गम्बिर लापरबाही गरेको आरोप लगाएकी छिन।उनले आफुलाई भैतिक संगै मानसिक तनाब धेरै भोग्नु परेको भन्दै दुर्घटना पछी डासदस्य जानकी लामिछानेले चासो नदीएका कारण मन दुखेको बताएकी छन् । हेर्नुहोस् भिडियो

Loading...
प्रकाशित मिति २५ फाल्गुन २०७६, आईतवार १७:१०