प्रहरीसँग कुम जोडेको तस्बिर राख्दै आस्थाले लेखिन् यस्तो स्टाटस-

काठमाडौं, त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीलाई अ’शपब्द बोलेर वि’वादमा परेकी गायिका आस्था राउतले प्रहरीको प्रशंसा गर्दै फोटो पोस्ट गरेकी छन् ।

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा आइतवार सामाजिक सञ्जाल फेसबूकमा महिला प्रहरीसँगको तस्वीर पोष्ट गर्दै उनले ब’दलाभन्दा क्ष’मा गर्नु ठूलो भन्ने सन्देश लेखेकी रहिछन् ।

‘के छ यहाँ घ’टीबढी जोख्न छैन तुलो, ब’दलाको कुराभन्दा क्ष’मा गर्नु ठूलो,’ उनले लेखेकी छन् । उक्त फोटो नेपालगञ्ज विमानस्थलमा खिचिएको जानकारी दिएकी छन ।

‘यो फोटो नेपालगञ्ज विमास्थलमा खिचेको थिए, त्यहाँ महिला प्रहरीले राम्रो व्यवहार गरेपछि एक हप्ता पहिला खिचिएको फोटो हो,’ उनले भनिन् । माघ ३ गते काठमाडौंबाट झापा जानेक्रममा उनले विमानस्थलमा ख’टिएकी महिला प्रहरीलाई अप’शब्द बोलेको च’र्को आ’लोचना झे’लेकी थिइन् ।

पछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भएर मा’फी मागेपछि उक्त प्रकरण सा’म्य भएको थियो ।सकारात्मक सन्देश जाओस् भन्ने हिसाबले आफूले उक्त तस्वीर फेसबूकमा राखेको भन्दै आस्थाले थपिन्, ‘पिक्चर स्पिक्स लाउडर देन वर्डस् ।’

Loading...
प्रकाशित मिति २६ फाल्गुन २०७६, सोमबार ०४:४५