विवाहपछि नायिका प्रियंका र आयुष्मानको पहिलो होलि, देखिए यस्ता-[तस्विर]!

काठमाडौँ, फागुन २६ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले विवाहपछि पहिलो होलि मनाएका छन् । नायिका कार्कीले आयुष्मानसंग होलिको तस्विर शेयर गर्दै लेखेकी छिन्, ‘पति र पत्नीको रूपमा हाम्रो पहिलो होली।’

२ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मानले फागुन १६ गते लगनगाँठो कसेका हुन् । उनीहरुले फागुन १५ गते, बिहिबार जिल्ला अदालतमा गएर कानुनी विवाह गरेका थिए भने परम्परा अनुसार शुक्रबार बिहे गरेका थिए।

नायिका कार्की र आयुष्मानले करिब डेढ वर्ष अगाडी इन्गेजमेन्ट गरेका थिए । चलचित्र ‘कथा काठमाण्डू’ को सेटबाट प्रेममा परेका यी दुईले आफुहरु प्रेममा रहेको कुरा कहिल्यै लुकाएनन्। सामाजिक संजालमा पनि यी दुईले खुलेरै एक-अर्कालाई प्रेम दर्शाउछन् ।

Loading...
प्रकाशित मिति २६ फाल्गुन २०७६, सोमबार १६:४६