कोरना भाइरसले धेरै नागरिकको निधन भएपछि, अस्पतालमा रहेका बिरामीलाई सान्त्वना चिनियाँ रास्ट्रपति आफै पुगे वुहानमा (६ तस्विर सहित)

चीनमा कोरोनाको सं’क्रमण हुनेको संख्या खट्दै गएको छ । अहिले अस्पतालवाट निको भएर घर फर्कनेहरुको संख्या बढ्दो क्रममा छ । चीनको वुहानवाट कोरोनाको संक्रमण फैलिएको थियो । कोरोनाको सं’क्रमण कम हुन थालेपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणमा निस्किएका छन् । उनले ले कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको वुहान पुगेर त्यहाँको अवस्थाको निरिक्षण गरेका छन् । उनले सं’क्रमितको अवस्थाका बारेमा बुझेका छन् ।

चीनमा कोरोना भाइरसका नयाँ सं’क्रमितको संख्या घट्दो क्रममा देखिए पछि उनी पनि मुलुकमा सं’क्रमितको अवस्थाका बारेमा बुझ्न निस्किएको बुझिएको छ । आफ्ना नागरिकलाई सान्त्वना दिन र संक्रमण नियन्त्रणको क्रममा छ भन्ने सन्देश पनि उनको भ्रमणले दिएको छ । सोमबार चीनमा भाइरसको नयाँ सं’क्रमितको संख्या केवल १९ थियो ।

चीनले कोरोना नियन्त्रणका लागि सम्पूर्ण शक्ति परिचालन गरेको छ । उनले चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे उनले जानकारी लिएका छन् । साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिभकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयहरुसंग पनि उनले उपचारका बारेमा कुराकानी गर्ने बताइएको छ ।

Loading...
प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार ०९:२३