आज डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली, हिँडडुल र फिजियोथेरापी गराउन सुरु

काठमाडौं, फागुन २७ । दोस्रो मृर्गौला प्रत्यारोपण गरेर अस्पतालमा नै आराम गरिरहेका प्रधानमन्त्री केपी ओली आज डिस्चार्ज हुँदै छन् । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीमा इन्फेक्सन हुने डरले चिकित्सकले कसैलाई पनि भेट्न नदिएको अवस्थामा प्रम ओलीलाई अस्पतालले आज डिस्चार्ज दिने तयारी गरिरहेको छ ।

आजसम्म आईसीयूको कक्षमा नै राखेर अस्पतालले उनको स्वास्थ्यमा राम्रो सुधार आएका कारण अब घरमा गएर आराम गर्दा पनि हुने बताएसँगै उनी आज डिस्चार्ज हुन लागेका हुन् । केही दिन हाइडोजको औषधि चलाउन आवश्यक पर्ने भएकाले हिँडडुल गराउन र फिजियोथेरापी गराउन पनि सुरु गरिएको छ ।

Loading...
प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार १२:३९