३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन पुगेका बेहुला जव रित्तो हात फर्किनु पर्यो !

महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ । अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो । उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए ।

आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन् । गाउँबासी जम्मा भएका थिए । गजुरी–६, मिलनटार निवासी धु्रव सुवेदीले छोरी बालिका भएपनि विवाह गर्न लागेपछि गाउँका महिलाअधिकारकर्मीहरुले प्रहरीलाई विवाह रोक्न खबर गरेका थिए । घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज बेहुली लिन गएपनि आदमघाटबाट टोली फर्किएको थियो ।

कृष्ण अधिकारीले २ वस, र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका बेहुलापक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक जनक बस्नेतले जानाकारी दिनुभयो । स्थानीय आमा समूहले उमेर नपुगेकोले विवह नगरि दिन वारम्वार मौखिक अनुरोध गरे पनि नमाने पछि विवाह रोकिएको थियो । माईती पक्ष लाई विवाह रोक्न आदेश लिदएको प्रहरीले दुलाहापक्षका जन्ती लाई आदमघाट स्थित शसस्त्र प्रहरी वेसक्याम्पवाटै फर्किएको थियो ।

यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ । उनीहरुले यही फागुन २ गते भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र फागुन २७ गते बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले बालविवाह गराइरहेका तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका– १४ ढोडेनी गाउँमा भइरहेको रोक्न गएको प्रहरीले दुलाहासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा दुलाहा घोराही उपमहानगरपालिका– १३ सेवारका ३० वर्षीय कृष्णबहादुर केसी, घोराही– १४ ढोडेनी बस्ने दुलहीका बुवा ४६ वर्षीय वसन्त भण्डारी र १८ वर्षीया दुलही रहेका छन् । उक्त गाउँमा बालविवाह भइरहेको सूचना पाएको प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ परेकामथि मुलुकी अ’पराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ११ को दफा १७३ बालविवाह गर्न नहुने कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार दुलहीलाई आमाको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार १८:१७