स्पेनमा मन्त्रिलाई नै भयो कोरोना भाइरसको संक्रमण

एजेन्सी, २९ फाल्गुन । चिनमा नियन्त्रित हुदै आएको कोभिड-१९ कोरोना भाइरसले यति बेला युरोपमा भने आ तंक नै फैल्याई रहेको छ । यसै बीच स्पेनकी एक मन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण लागेको पुष्टि भएको छ ।

बिहीबार सरकारले विज्ञप्ति निकाल्दै मन्त्री आइरेने मोन्तेरोलाई कोरोना भाइरसको संक्रमण भेटिए जानकारी गराएको हो । उनलाई पतिको साथमा क्वारेन्टाइनमा राखिएको छ ।

यद्यपि उनको अवस्था सामान्य रहेको बताइएको छ । साथै कार्यवाहक प्रधानमन्त्री पाब्लो ल्गलेसियसलाई पनि क्वारेन्टाइनमा राखिएको छ । यससँगै प्रधानमन्त्री पेद्रो सान्चेजले यस विषयमा शुक्रबार भिडिओ कन्फ्रेन्स गर्ने बताइएको छ । यसअघि इरानमा आठजना र बेलायतमा एक उच्चपदस्थ व्यक्ति संक्रमित भएका छन् ।

Loading...
प्रकाशित मिति २९ फाल्गुन २०७६, बिहीबार १५:२३