शान्ति सेनामा लेवनन गएका एक नेपाली सैनिककाे निधन, हार्दिक श्रद्धाञ्जली!!

फाल्गुन काठमाडौं :संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको मृ-त्यु भएको छ।लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृ-त्यु भएको उल्लेख गरेको छ।दक्षिण लेबनानको मेस एज

जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो।उनको मृ-त्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ। युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।ती शान्ति सैनिक चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए।

Loading...
प्रकाशित मिति २९ फाल्गुन २०७६, बिहीबार १५:५९