काेराेनाको प्रभाव चीनमा समाप्त भएको घोषणा

बेइजिङ – कोरोना (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार गर्दै समाप्त भएको घोषणा गरेको छ ।विश्व सङ्गठनले सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घण्टापछि चीनको यो भनाई आएको हो । सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जनाएकोे हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेकै भोलिपल्ट चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भएको घोषणा गरेको हो ।

कोभिड–१९ सङ्क्रमणका नयाँ विरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको प्रभाव निकै तल झरेको छ । मीले भन्नुभयो, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा भरेको छ ।” वुहानमा नयाँ स ङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सिमित भएको उहाँले पुष्टि गर्नुभयो ।

“हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को स* ङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।

आगामी केही दिन (हप्ता) कोरोना सङ्क्रमण, स* ङ्क्रमणका कारणनिधन र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।प्रवक्ता मीले भन्नुभयो, “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई निजिकबाट नियालेको र स ङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।”

Loading...
प्रकाशित मिति २९ फाल्गुन २०७६, बिहीबार १८:५२