कोरोनाबाट मृ त्यु भएकी बहिनीको शव देखाउदै युवकले गरे यस्तो अपील

कोरोनाको ‘इपिसेन्टर’ बनेको युरोपमा इटली अहिले सबै भन्दा बढि प्रभावित छ। त्यहाँ देशभरि आपत्कालीन उपायहरू अवलम्बन गरिएको छ भने सार्वजनिक भेलामा प्रतिबन्ध लगाइएको छ। कोरोनाबाट मृ त्यु भएकाहरुको अन्तिम संस्कार गर्न समेत सरकारले रोक लगाएको छ। सरकारी अधिकारीहरुले नै शव गाड्ने गरेका छन्। यसैबीच, सामाजिक सञ्जालमा एक युवकले कोरोना भाइरसबाट मृ त्यु भएकी आफ्नी बहिनीको शव देखाउँदे अपील गरेको भिडियो भाइरल बनेको छ।

इटलीमा कसरी मानिसहरु घरमै थुनिएका छन् भन्ने कुरा उक्त भिडियोले देखाएको छ। जसमा युवकले अधिकारीहरुलाई शव लैजान आग्रह गरेका छन्। इटलीको दक्षिणी शहर नेपल्सकी टेरेसा फ्रान्सेसीमा गत हप्ता कोरोनाका लक्षण देखा परेको थियो। स्वास्थ्य बिग्रिएपछि घरमै रहेकी उनको चेकजाँचको रिपोर्ट सार्वजनिक हुनुअघिनै शनिवार मृत्यु भएको हो। घरमै मृ त्यु भएकी उनको शव लिन स्थानीय अस्पतालहरुले अस्वीकार गरेका थिए। मृ त्यु भएपछि उनका भाइ लुका फ्रान्सेजलेले फेसबुकमा एक भिडियो पोस्ट गर्दै भनेका छन् “ओछ्यानमा मृ त छिन्। मलाई थाहा छैन अब मैले के गर्ने। म उनको सम्मानजनक अ न्त्येष्टि चाहन्थे तर सरकारले रोक लगाएको छ।

भिडियो हेर्न यहाँ किल्क गर्नुहोस

Loading...
प्रकाशित मिति १ चैत्र २०७६, शनिबार १४:२६