हनिमुनका क्रममा पतिलाई कोरोना संक्र मण भएपछि पत्नी फ रार

कोरोना भाइरसको संक्रमणले विश्व महामारीको रुप लिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि अहिलेसम्म कुनै भ्याक्सिन नबनेका कारण यो नियन्त्रण बाहिर रहेको छ। हरेक दिन कोरोना भाइरससम्बन्धी नयाँ नयाँ घटना भइरहेका छन्। यसै क्रममा भारतको बेंगलुरूमा कोरोना सम्बन्धी रोचक घटना बाहिरीएको छ।

भर्खर विवाह गरेका पति पत्नी हनिमुन मनाउन इटली गरेका थिए। हनिमुन सकेर फर्किएपछि पतिलाई कोरोना भाइरसको संक्र मण भएको पुष्टी भएपछि पत्नी पतिलाई छोडेर फ रार रहेकी छिन्। इटलीबाट हनिमुन सकेर फर्किएपछि महिलाका पतिमा कोरोना भाइरसको संक्र मण भएको पुष्टी भयो। पतिलाई कोरोना भाइरसको पुष्टी भएपछि महिलालाई पनि आइसोलेशन वार्डमा राखियो।

यसै क्रममा महिला त्यहाँबाट भागेर सिधै नयाँ दिल्ली अर्थात माइत गएको भारतीय मिडियाले जनाएका छन्। उनी अस्पतालबाट सिधै फ्याट पक्रेर दिल्ली पुगेकी थिइन्। कोरोना भाइरसको आशंकामा भर्ना भएकी महिला पभागेपछि प्रशासनले अलर्ट जारी गरेर उनलाई पक्राउ गरेको छ।

Loading...
प्रकाशित मिति १ चैत्र २०७६, शनिबार १६:१९