ट्रम्पमा कोरोना भाइरसको संक्र मण देखिएनः ह्वाइट हाउसका डाक्टर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना भाइरसको संक्र मण नदेखिएको ह्वाइट हाउसका डाक्टरले जानकारी दिएका छन् । आज बेलुका मैले परीक्षणको नतिजा नेगेटिभ भएको पाएँ, सिन कोन्लेले शनिबार जारी गरेको एक वक्तव्यमा भने ।

फ्लोरिडा रिसोर्टमा ब्राजिलका प्रतिनिधीमण्डलसँग आयोजित बैठकको केही दिनपछि उनको कोरोना भाइरसको परिक्षण गरिएको थियो । बैठकमा समावेश ब्राजिलका केही प्रतिनिधीमण्डलमा कोरोना भाइरस देखिएको थियो ।

ब्राजिलका राष्ट्रपतिका सहयोगी फाबियो वाज्नगार्टेनमा पनि कोरोना संक्र मण देखिएको थियो । ब्राजिलका प्रतिनिधीमण्डलसँग डिनर गरेको एक हप्तापछि पनि ट्रम्पमा कुनै लक्षण देखिएको थिएन,कोन्लेले भने ।

७३ वर्षे ट्रम्पले उक्त भेटपछि आफूमा कुनै लक्षण नदेखिएको भन्दै सेल्फ आइसोलेशनमा बसेनन् । उनको स्वास्थ्य परीक्षण शुक्रबार गरिएको थियो ।

Loading...
प्रकाशित मिति २ चैत्र २०७६, आईतवार ०२:४१