सुपर स्टार रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाउँदै, विरामीको खाने बस्ने उपचार खर्च सहित उपचारमा संलग्न डाक्टर, नर्सको खर्च पनि रोनाल्डोले नै व्यहोर्ने

एजेन्सी-पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् ।पोर्चुगलमा समेत कोरोनाको सं* क्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा बनाउन लागेको बताइएको छ । समाचारमा जनाइए अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेका हुन् ।

उक्त अस्पतालमा संक्रमित बिरामीको निस्शुल्क उपचार गरिने बताईएको छ । रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निस्शुल्क गर्न लागेका हुन् । रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गर्न लागेका हुन् । त्यस्त ैरोनाल्डोले नै उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि ब्यक्तिगत गर्ने बताइएको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्र* मण भएको भनिए पनि पछि कोरोना नभएको पुष्टि भएको छ । रोनाल्डोको यस कार्यको अहिले विश्वभर तारिफ भइरहेको छ । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्र* मित भएको पृष्टि भएपनि अहिले सम्म कसेको ज्या* न नगएको बताइएको छ ।

अहिले कोरोना १३० भन्दा बढी देशमा फैलिएको छ भने पाँच हजार बढीको ज्या* न गइसकेको छ । चीनको उहानबाट सुरु भएको सो महा* मारीले अहिले विश्वव्यापी रुप लिएको छ ।

Loading...
प्रकाशित मिति २ चैत्र २०७६, आईतवार ०७:२२