विवाह गरेको केही दिनमै श्रीमानलाई पहिरोले च्या प्यो, पेटमा भएको बच्चा जन्मेको ८ दिनमै बि त्यो आँशु पिउँदै श्रीमानलाई स्याहार्दै (भिडियो हेर्नुस्)

काठमाडौं । भनिन्छ जिवन भनेको सुख दुखको संगम हो । कहिले दुख त कहिले सुख जिवनमा आइरहन्छ । तर संसारमा यस्ता अभागी पनि मानिस छन् जसलाई कर्मले ठगेको छ । त्यस्तै भाग्य खोसिएर सुखका दिन कहिले आउला भन्दै बसेका यि जोडीको पीडा निकै कहाली लाग्दो छ । भगवनको लिला पनि अपरम्पार हुन्छ, कसैको भागमा सुखै सुख त कसैको भागमा दुखै दुख । आज हामीले भिडियो बनाएर प्रस्तुत गरिरहदा यो जोडीको पीडामा दुखी नहुने कम नै होलान् ।

काठमाडौंको दुवाकोटमा बस्ने सुनिता मगर र दिनेश मगरको दुखको कथालाई तलको भिडियोमा समाबेश गर्ने प्रयास गरेका छौ । विवाह गरेको केहि महिनामै श्रीमान अथवा दिनेशको जीवनमा नसोचेको घटना भयो । जसका कारण अहिले उनी आफ्नो साना कामका लागि पनि अरुको सहारा लिनुपर्ने अवस्थामा पुगेका छन् । जसको कारणले गर्दा सुनितालाई विहान देखि बेलुकी सम्म आफ्नो श्रीमानको हेरचाहमै दिन विताउन बाध्य भयो । पेटमा हुर्कदै गरेका आठ महिनाको छोरीको पनि जन्मेको आठै दिनमा निधन भएपछि यी जोडिको दिन कष्टमय बन्दै गयो ।

टिपर चालक थिए दिनेश, एकदिन माथिबाट पहिरोको ढिस्को आएर उनलाई पुर्यो जसले गर्दा अहिले उनको कम्मर देखि तलको भाग चल्दैन । धेरै ऋण भएको र उपचार गर्नको लागी पैसा समेत नभएको कुरा यी जोडिले बताएका छन् ।

Loading...
प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १८:०६