‘अमेरिकन आइडल’को दोस्रो राउण्डमा शानदार प्रस्तुती दिएपछि जजले खुलेर तारिफ गरे दिवेशको, हेर्नुहोस् भिडियो

काठमाडौं , चैत ४ । अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’को पहिलो राउण्डमा नै जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेलको दोस्रो राउण्ड पनि जजले खुबै रुचाएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै पहिलो राउण्डमा विश्वभर चर्चा कमाएका दिवेसले दोस्रो राउण्डका लागी दिएको प्रस्तुती पनि जज र दर्शकले खुबै रुचाएका छन् ।

नमस्ते गर्दै दोस्रो राउण्डमा प्रवेश गर्दा उनकी दिदी रुपा र दर्शकहरुले उनको प्रस्तुतीमा उठेर नाच्न थालेपछि जजहरुले पनि उठेर सम्मान दिएका थिए । दिवेशले दोस्रो राउण्डमा झनै राम्रो गाएको भन्दै अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीले उनको खुलेर प्रशंसा गरेका छन् । हेर्नुहोस् भिडियो

Loading...
प्रकाशित मिति ४ चैत्र २०७६, मंगलवार १८:०१