प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्र मास्क उत्पादन गर्दै झापा : जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइ….

झापा : जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागिएको हो । जिल्लामा एक हजार बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् । बजारमा मास्कको अभाव भएपछि प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क सिलाएर वितरण गर्न लागेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

जनताको सेवामा समर्पित प्रहरी कर्मचारीको मास्क नहुँदा कोरोना लाग्ने सम्भावना बढेको छ,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘प्रहरीकै सुरक्षासँगै जनतामा सचेतना फैलाऊ मास्क दिन लागेका हौ । यसैगरी, प्रहरी कार्यालय झापाले जिल्लाको प्रत्येक प्रहरी कार्यालयको गेट अगाडी हात धुने व्यवस्था पनि गरिसकेको छ ।

कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य साबुन पानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयका इन्चार्जलाई निर्देशन दिइसकेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार ०४:३९