१०३ वर्षीया महिलाले जब कोरोना भाइरसलाई जितिन्

तेहरान : कोरोना भाइरसबाट संक्र मित हुँदैमा मृ त्यु भइहाल्दैन भनेर स्वास्थ्यकर्मीहरुले सचेत गराउँदै आएका छन् । खासगरी वृद्धावस्था र बालबालिका कोरोना भाइरसको जोखिममा रहेको बताइन्छ । तर इरानमा एक वृद्धाले अनौठो रुपमा कोरोना भाइरसलाई जितिन् ।

१ सय ३ वर्षीया महिलालाई कोरोना संक्र मण भएपछि उनको जीवन ख तरामा रहेको स्वास्थ्यकर्मीहरुको बुझाइ थियो । फलस्वरुप सेमनन अस्पतालमा उनलाई भर्ना पनि गरियो । तर इरानको तेहरानबाट १ सय ८० किलोमिटर टाढाको अस्पतालबाट कोरोना भाइरसलाई जितेरै घर फर्किएकी छन् ।

अधिकारीहरुले भने ती महिलाको नाम सार्वजनिक गरेका छैनन् । तर उनको बारेमा इरानमा खुबै चर्चा हुन थालेको छ । स्थानीय मिडियाका अनुसार सेमनन प्रान्तस्थित स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै यस्तो समाचार बनाएका हुन् ।

प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार १४:०६